डा. बाबुरामले संसदको चुनाव गर्न दिए चुनौती

Baburam३१ चैत, काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । साथै भट्टराईले दलहरुसँग हिम्मत छ भने संसद विघटन गरेर प्रतिनिधि सभाको चुनाव घोषणा गर्न चुनौती दिएका छन् ।

बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै ६८ दलीय मोर्चाले बैशाख २ गतेदेखि ८ गतेसम्म रत्नपार्क, शान्तिबाटिकामा रिले अनसन बस्ने घोषणा गरेको छ । २ गते ६८ दलीय मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले नै रिले अनसन सुरु गर्नेछन् ।

साथै आवश्यकता अनुसार प्रधानमन्त्री निवास, संसद भवन लगायत घेराउ गर्ने मोर्चाले बताएको छ ।६८ दलीय मोर्चाले निर्वाचन शिक्षा लगायतका चुनावी कार्यक्रममा अवरोध गर्ने पनि निर्णय छ ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नियोजित ढंगले संसदमा भएका दलहरुलाई मात्र चुनाव चिन्ह दिने गरी ऐन ल्याइएको दाबी गरे । उनले भने, ‘केही चतुरेहरुले घुसाएर लगे । कतिसम्म भने राजपत्रमा प्रकाशित नै गरिएको छैन ।’

भट्टराईले हिम्मत भए संसद विघटन गर्न र प्रतिनिधिसभाको चुनाव गर्न चुनौती दिएका छन् ।

उनले आफूहरुको आन्दोलनले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्ने दाबीसमेत गरे । दलीय चुनाव चिन्ह नदिने सरकारको निर्णयमा निर्वाचन गर्नेभन्दा कुर्सीको भागबण्डा गरेर बाँडीचुँडी खाने नियत लुकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्