२६ साउन, काठमाडौं – डा. गोविन्द केसीको अनशन तोडाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सामाजिक न्याय तथा मानव अधिकार समितिले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय मार्फत डा. केसीको अनशन चाँडोभन्दा चाँडो तोडाउन निर्देशन दिएको हो ।
डा. केसीका उचित माग पूरा गरेर चाँडोभन्दा चाँडो अनशन तोड्ने वातावरण बनाउन समितिले निर्देशन दिएको सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा. केसीको मागप्रति सरकार निकै संवेदनशिल भएकोभन्दै जायज मागलाई सम्बोधन गर्न सरकार तयार गरेको बताए ।
बैठकमा समिति सदस्यहरुले लामो समयदेखि डा. केसी अनसनमा बस्दा पनि सरकारले कुनै चासो नै नदिएको भन्दै आक्रोश पोखेका थिए । चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले ११ औं पटक अनसनमा बसेका छन् ।
माथे कार्यदलको प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने डा. केसीको माग छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको