टिपरको ठक्करबाट काभ्रेमा दाजुभाईको मृत्यु

काभ्रे, असार  बुधबार धुलिखेल २ मा टिपरको ठक्करबाट काभ्रेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय वेदप्रसाद कोइराला र ५५ वर्षीय दाजु गोवर्द्धन रहेका छन् ।

बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ छ ६३८३ नम्बरको टिपरले ठक्कर दिएको स्थनीय निरञ्जन गेलालले जानकारी दिए ।

वेदप्रसाद सव डिभिजन वन कार्यलय कटुञ्‍जेका वन रक्षक हुन् ।

मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

twitter sharing button

 

photo

NOC1-250x300