लामो समय गर्भमा रहेको ‘रानीबारी हत्याकाण्ड’ को रहस्य खोल्दै १२ बर्षपछि २०७१ चैतमा केन्द्रिय अनुसन्धान ब्युरोका तत्कालीन डिआईजी हेमन्त मल्लले मनराज गुरुङ्गलाई पक्राउ गरेर मुद्दा चलाएका थिए ।
जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षको लागि जगन्नाथदेवलस्थित भद्र बन्दीगृहमा रहेका गुरुङ्गलाईशुरक्षा गार्ड लिएर जेल बाहिर जाने सुविधा दिएका हुन् ।
कारागार ब्यवस्था नियमावली अनुसार मुद्दा फैसला नभएका बन्दीहरुलाई त्यस्तो सुविधान दिन मिल्दैन ।
मुद्दा फैसला भएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदिलाई चालचलन असल भएको आधारमा मात्र चौकीदार, नाईके या भाईनाईके जस्ता पदसहित आउटडोर सुविधा दिन मिल्छ । तर, पुर्पक्षमा बसेर मुद्दा खेपिरहेका गुरुङ्गलाई जेलरले आर्थिक लाभ लिएर त्यस्तो सुविधा दिएको केन्द्रिय कारागार कार्यालयका एक कर्मचारीले दावी गरे ।
आउटडोर सुविधा पाएका कैदीलाई जेलको चौघेरा भित्र जतिवेला जहाँ जान पनि खुल्ला हुन्छ भने सामान किन्ने बहानामा सुरक्षा गार्ड लिएर जेल बाहिर निस्कन पाउँछन् ।
रानीवारी हत्याकाण्ड जस्तो जघन्य अपराधमा संलग्न गुरुङ्गलाई किन नियमविपरीत आउटडोर सुविधा दिनुभएको भन्ने रातोपाटीको जिज्ञासामा जेलर बेद बहादुर खरेलले भने, ‘कसलाई रे ?, बुझेर खबर गरौंला नि !’
एक सेकेन्डअघि बुझेर खबर गरौंला भन्दै पन्छिन खोजेका खरेलले अर्को सेकेन्डमा उत्तर दिए, ‘मनराज गुरुङ्गलाई आउटडोर सुविधा दिएको छैन ।’
भद्र बन्दिगृहभित्र अहिले मनराजले २४ सै घण्टा टेलिफोन सुविधा पाउँछन्, भेटघाटमा कुनै बन्देज छैन ।
विगतमा पनि गुण्डा नाईके र पैसावालहरुले कारागारबाट यस्तो सुविधा लिने गरेको ईतिहास छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास