जीप दुर्घटनामा एकको मृत्यु, ८ जना घाइते

६ कात्तिक, अर्घाखाँची : सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

jeep-accidentगुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । जिप सडकबाट करिब १०० मिटर तल खसको थियो । मृतक पुरुष रहेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

 

photo

NOC1-250x300