कोरोना महामारीपछि नेपालमा लकडाउन घोषणा गरिएको आज ४२ दिने पुगेको छ । आजै उच्च स्तरीय समितिको बैठक बोलाइएको छ । बैठकले पछिल्लो सात हप्तादेखिको लकडाउनको समीक्षा गर्ने बताइएको छ ।
दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उच्चस्तरीय समितिले लकडाउनको स्वरूपबारे विषय विज्ञसँग पनि छलफल गर्ने तयारी गरेको छ ।
समितिको बैठकले लकडाउनलाई कसरी अझ बढी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए । बैठकमा लकडाउनको नयाँ मोडालिटीबारे छलफल हुनेछ ।
बैठकले कोरोना संक्रमित क्षेत्रको आधारमा विभिन्न किसिमले भौगोलिक क्षेत्रको वर्गीकरण हुनेछ । समितिका एक सदस्यका अनुसार सामान्य, सम्भावित जोखिम, जोखिम र उच्चजोखिम गरी चार भागमा क्षेत्र विभाजन गर्दै तदनुरुपकै कडा र खुकुलो मोडेलको लकडाउनका लागि मन्त्रिपरिषदलाई प्रस्ताव गर्ने समितिले तयारी गरेको छ । उच्च स्तरीय समितिले मुख्य सचिवको नेतृत्वमा लकडाउनको नयाँ मोडालिटीबारे अध्ययन गर्न एक उपसमिति गठन गरेको थियो ।
आजको बैठकमा उक्त समितिले आफ्नो तयारी प्रस्तुत गर्ने बताइएको छ । स्रोतका अनुसार उच्चजोखिमको आधारमा खास खास क्षेत्रमा थप कडाई गर्ने र कम जोखिम रहेका ठाउँमा लकडाउन बढी खुकुलो हुनेगरी मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ ।
समितिले भारतसँगको खुल्ला सीमालाई भने थप कडाई गर्न सुझाव दिने तयारी गरेको छ । त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने मानिसको चारैतिरको नाकामा अझबढी स्क्रिनिङ्ग र कडाई गर्ने विषयमा पनि छलफल हुनेछ ।
बैठकले हालसम्म संक्रमण नदेखिएको मुलुकका विभिन्न क्षेत्रमा पनि जनजीवनलाई सामान्य बनाउने सम्बन्धमा प्रोटोकल तयार गर्ने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिए ।
पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३, चोथो पटक वैशाख १५ र पाँचौं पटक वैशाख २५ गतेसम्मका लागि थपिएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको