January 17, 2020

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो । यो समचार नेपाल समाचारपत्रमा छ ।

विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्‍याएको थियो ।

बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड