June 5, 2020

चौरजहारी हत्याकाण्डमा थप ७ जना पक्राउ, सीआईबीको टोली रुकुम पुग्यो

६ जनाको ज्यान जानेगरी पश्‍चिम रुकुमको चौरजहारीमा भएको घटनाको थप अनुसन्धानका लागि प्रहरीले चौरजहारी नगरपालिका ८ सोतीबाट थप सात जनालाई पक्राउ गरेको छ। ४० वर्षीय नेत्रहादुर मल्ल, ३० वर्षीय धनराज राना, २४ वर्षीय विराज पुन, रमित पुन, २२ वर्षीय भीम पुन र २१ वर्षीय नवीन घर्ती पक्राउ परेका हुन् ।

उनीहरु पक्राउ परेसँगै पक्राउ पर्ने आरोपितको संख्या २५ पुगेको छ। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकालाई गएराति जिल्ला प्रहरी कार्यालय पश्‍चिम रुकुम मुसिकोट पुर्‍याइएको छ।

यसअघि चौरजहारी(८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, नवराजकी प्रेमिका भनिएकी किशोरीसहित उनका बाबु वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायत १८ जना पक्राउ परिसकेका छन्। पीडितको तर्फबाट वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको थियो। किटानी जाहेरी परेकामध्ये दुई जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आरोपितहरूको पोलिग्राफसमेत परीक्षण गर्ने प्रहरीले बताएको छ।  सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्‍नेतको नेतृत्वमा गठन गरेको छानविन समिति पनि अहिले रुकुममै बसेर काम गरिरहेको छ। घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति बनाउनुपर्ने मागसमेत उठिरहेको छ।

घटनाको अनुसन्धानमा सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रुकुम पुगेको छ। घटनाको सुक्ष्‍म अनुसन्धानमा सघाउन सीआईबीको टोली रुकुम पुगेको हो। टोलीले केही दिन जिल्लामै बसेर काम गर्नेछ।

रुकुम पश्‍चिमका प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले प्राविधिक सहयोगका लागि सीआईबीको टोली पुगेको बताए। प्राविधिक टोलीमा कर्णाली प्रदेश प्रहरी कार्यालयका एक अधिकारी पनि छन्। सीआईबीका प्रमुख डीआईजी सहकुलबहादुर थापाले टोलीले अनुसन्धान शुरू गरिसकेको बताए।का छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको