काठमाडौ । विश्व सिनेमा जगतलाई धुमपान निषेधको अभियान लामो समय देखि चलाईदै आएको छ । हरेक फिल्ममा सुरुमा धुमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सूचना राखिएको हुन्छ । धुमपान गर्नु हुन्न भन्ने सन्देश दिने नेपाली चलचित्रमा अभिनय गर्ने अभिनेत्रीहरु नै धुमपानमा तल्लिन रहने गर्छन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो यथार्थ हो ।
रेखा थापा –यतीबेला राष्ट्रिय प्रजातन्त्रको केन्द्रिय सदस्यको उम्मेदवार बनेकी अभिनेत्री रेखा थापा चुरोटको अम्मली नायिकाको रुपमा परिचित छिन् । चलचित्रको छायाँकनको बेला होस् या अरु थकानको बेला होस् । यस्तो बेलामा रेखाले चुरोटको सर्को तान्दै आफुलाई उनी तनाव मुक्त तुल्याउने गर्छिन ।
शुष्मा कार्की –अर्की अभिनेत्री शुष्मा कार्की त दिनमा झण्डै एक बट्टा नै चुरोट पिउने गर्छिन । बेलुका प्राय बियरमा रम्ने यी अभिनेत्रीलाई बियर तथा ह्विस्की पिएको बेला अनिवार्य चुरोट चाहिने गर्दछ । शुष्माको रोजाई सूर्य चुरोट नै हो । तर उनी अरु ब्राण्डको चुरोट पनि पिउने गर्दछिन् ।
माला लिम्बु –जतिबेला पनि हातमा चुरोटको बट्टा र लाईटर लिएर हिड्ने अभिनेत्री हुन माला लिम्बु । चलचित्र भन्दा म्युजिक भिडियोमा व्यस्त रहने गरेकी यी अभिनेत्री सार्वजनिक ठाउँमा समेत निशँकोच सिगरेट पिउने गर्दछिन् । दिनमा एक बट्टा चुरोट सिध्याउने यी अभिनेत्री नेपालीसँगै बिदेशी ब्राण्डका चुरोट तान्ने गर्दछिन् । उनी कुनै पनि सभा समारोह तथा मिटिङमा एक घन्टा बसिन भने त्यो बीचमा तीन पटकसम्म चुरोट तान्न सभाबाट बाहिर निक्लने गर्दछिन् । नेपाली चलचित्र उधोगमा माला चेन स्मोकरको रुपमा परिचित छिन् ।
प्रियँका कार्की –आफ्ना साथीहरुसँग बसेको बेला चुरोट तान्ने अर्की नायिका प्रियँका कार्की पनि हुन् । तर शुष्मा कार्की र माला लिम्बु जस्तो प्रियँका चेन स्मोकर हैनन् । मौका मिल्दा उनी चुरोट पिउने गर्छिन । दिनमा ३÷४ खिल्लीसम्म चुरोट तान्ने यी नायिका सार्वजनिक स्थलमा तथा खुला ठाउँमा धुमपान गर्दिनन् । उनी चुरोट तान्नको लागि केही बिशेष क्याफेको बिशेष कक्षमा बस्ने गर्छिन । ताकी आफुले चुरोट तानेको अरुले नदेखोस भन्ने डरले उनी लुकेर चुरोट पिउने गरेको प्रियँकाका नजिकका साथीहरुले बताएका छन् ।
नम्रता श्रेष्ठ –
अभिनेत्री नम्रता श्रेष्ठले धुमपान गर्छिन भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर उनी अरु नायिका जस्तो खुलेआम धुमपान गर्दिनन् । आफ्नो क्याफेमा बसेको बेला तथा आफ्ना नजिकका साथीहरुसँगका जमघटमा उनी पनि चुरोट तान्ने गर्छिन । सार्वजनिक ठाउँमा धुमपान गर्दा अरुलाई थाहा हुन्छ भनेर नम्रताले पनि लुकेर धुमपान गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।
झरना थापा –अभिनेत्री झरना थापा चुरोटको अम्बली त हैनन् । तर प्राय क्याफेमा बस्दा उनी हुक्काको धुवाँमा रमाउने गर्छिन । आफ्ना पति सुनिल कुमार थापाकै सामु उनी हुक्का पिउने गर्छिन । यस्तो बेलामा उनलाई पति थापाले पनि हुक्कामा साथ दिन्छन् ।
सुभेच्छा थापा –साथीहरुसँग चुरोट तान्ने पछि नपर्ने अभिनेत्रीमा सुभेच्छा थापा पनि पर्छिन । तर उनी चुरोटको अम्बली भने हैनन् । साथीहरुसँगको जमघटमा उनले चुरोट तानेर साथ दिने गरेको उनका निकट चलचित्रकमीको भनाई छ ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले