गच्छदारको फोरम लोकतान्त्रिक कांग्रेससँग मिसिने

काठमाडौं, असोज २९ : उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेस फर्कने भएका छन्। आइतबार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग विधिवत रुपमा मिसिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुबै पार्टी एक हुने कार्यक्रम आइतबार साँझ राखिएको छ।

Bijay Kumar Gachchhadarप्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले साँझ साढे पाँच बजे बालुवाटारमा एक कार्यक्रमबीच दुई पार्टी एक हुन लागेको सेतोपाटीलाई जानकारी दिए।

फोरम लोकतान्त्रिकका महामन्त्री योगेन्द्र चौधरीले दुई पार्टी एक हुने तय भएको बताए। प्राविधिक रूपमा पनि आजै पार्टी एकीकरणमा हस्ताक्षर हुन आवश्यक रहेको महामन्त्री चौधरीले जानकारी दिए।

फोरम लोकतान्त्रिकसँग १८ सांसद छन्। देउवा सरकारमा उपप्रधानमन्त्री गच्छदारसहित राज्यमन्त्री समेत गरी लोकतान्त्रिकबाट ६ जना मन्त्री छन्।

२०६४ सालमा पहिलो संविधान सभा चुनाव हुनु केही अघि उनी उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरममा प्रवेश गरेका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार विघटन भएपछि गच्छदार फोरम फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षको हैसियतमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको