काठमाडौं । सरकारले कामु प्रहरी महानिरीक्षक (आईजीपी) मा प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको आकस्मिक बैठकले प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर प्राविधिकतर्फका एआईजी पोखरेललाई प्रमुखको जिम्मेबारी दिएको हो ।
उपेन्द्रकान्त अर्यालले आईजीपीबाट अनिवार्य अवकास पाउने भएपछि सरकारले हिजो डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवा गरेको ३ घण्टामा सर्वोच्च अदालतले कार्यान्वयन नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि सरकारले पोखरेललाई निमित्त प्रहरी प्रमुख बनाएको हो । सोमबार पनि सर्बोच्चले चन्दलाई पदस्थापन नगर्ने सरकारलाई अर्को आदेश दिएको छ ।
प्रहरी प्रमुख अर्यालले सोमबार साँझबाट अनिवार्य अवकास पाएका छन् ।