November 11, 2017

काठमाडौं रेलमार्ग बनाउन चीन तयार

२५ कात्तिक, काठमाडौं – राजधानीबाट शनिबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित भएका पत्रपत्रिकाहरुले केरुङ–काठमाडौं रेलमार्गको विषयलाई पनि उत्तिकै महत्त्वका साथ छापेका छन् ।

apap

रेल मार्ग बनाउन चीन तयार

 

केरुङ–काठमाडौं रेलमार्ग बनाउन चीन सरकार तयार देखिएको छ । तर, अब नेपाल सरकारले यसका लागि अग्रसरता लिनुपर्नेछ ।

नागरिक दैनिकका अनुसार, नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् ।

तीन दिनसम्मको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दुईपक्षीय बैठकमा रेलमार्गका विभिन्न चुनौती भए पनि बनाउन सकिने चिनियाँ टोलीले बताएको थियो ।

चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको २३ सदस्यीय टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियरलगायतका प्राविधिक सहभागी भएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिक समाचारको अगाडि लेख्छ– संसारकै अप्ठ्यारो स्थानमा रेल गुडाउन सफल समूह भएकाले पनि उनीहरु केरुङ–काठमाडौं रेलमार्ग बनाउन सकिने विश्वासमा छन् ।

प्रतिघन्टा १ सय २० किलोमिटर दौडिने रेलमार्गको अधिकांश पुल र सुरुङ हुने रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

शीर्ष नेताको चुनाव प्रचार अभियानलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले पनि काठमाडौं–केरुङ रेलमार्गबारे लेखेको छ । समाचार अनुसार, नेपाली पक्षले कर्मचारी तहमा दुई देशबीच रेलमार्ग निर्माण सहमतिमा पुगे पनि राजनीतिक प्रतिवद्धताविना अघि बढ्न गाह्रो हुने बताएको छ । नेपालको रेलमार्ग विकासमा सहयोग गर्न भनेरै चिनियाँ टोलीले चासोका साथ स्थलगत अध्ययन भ्रमण गरेकाले राजनीतिक तहमा हुने निर्णय महत्त्वपूर्ण हुने भौतिक मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

‘चिनियाँ टोलीले रेलमार्ग विकास गर्न नेपाली पक्षबाट प्राविधिक तथ्यांक उपलब्ध गराउनुपर्ने बताएको छ । जसमा जग्गा, वन, जनसंख्यालगायत पर्छ’, नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

उम्मेदवारको खर्च नियन्त्रण बाहिर


राजनीतिक दल र उम्मेदवारहरुको चुनाव खर्च नियन्त्रणबाहिर गएको भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गरेको छ । यही चिन्ताकै बीच निर्वाचन आयोगले व्यवसायीहरुलाई बोलाएर चन्दालाई पारदर्शी बनाउन आग्रह गरेको छ ।

‘उम्मेदवारको खर्च नियन्त्रणबाहिर’ शीर्षक दिएर अन्नपूर्ण पोस्टले लेखेको छ– व्यवसायीबाट चन्दा लिएर दलले तोकेको सीमाभन्दा बढी रकम प्रचारप्रसारमा खर्च गरेको पाएपछि आयोगले व्यवसायीलाई चन्दा पारदर्शिता बनाउन समेत आग्रह गरेको छ । स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ठूला राजनीतिक दलबाट चन्दा माग भइरहेको भन्दै व्यवसायीले आयोग पदाधिकारीसँग गुनासो समेत गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको