जेठ १३, काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको जित सुनिश्चित देखिएको छ । गन्न बाँकी मतभन्दा शाक्य र उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको मतअन्तर संख्या धेरै छ । आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौं महानगरमा अब १३ हजार मत गन्न बाँकी छ । तर, निकटतम प्रतिद्वन्द्वी र शाक्यबीचको मतअन्तर १७ हजार २ सय ४ छ । शाक्यका निटकतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशी हुन् । उनले शुक्रबार बेलुकासम्म ४० हजार ६ सय ९० मत पाएका छन् । तर, शाक्यले ५७ हजार ९ सय ५७ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरमा एक लाख ९३ हजार मत खसेको थियो । त्यसमध्ये एक लाख ७० हजार मत गनिसकिएको छ । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार अब १०, १४ र १६ नम्बर वडाको मात्रै मत गन्न बाँकी छ । ‘महानगरपालिकाको मत करिब–करिब अब अन्तिम चरणमा पुगेको छ । अब तीनवटा वडाको मात्रै मत गन्न बाँकी छ ।
आइतबारसम्ममा सकिने हाम्रो अनुमान छ । मतगणनाको काम तीव्र गतिमा अघि बढेको छ,’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने । यसैबीच, शुक्रबार राति १० नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । सो वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको