काठमाडौं । काठमाडौं महानगरपालिकाले हुर्किएका रुखरुलाई पनि सार्न चाहेको स्थानमा सकिने गरी ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन किन्ने भएको छ । यसका लागि अबको २(३ दिनभित्रै टेण्डर निकालिने महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
‘हामी अब तत्काल २ वटा ट्रान्सप्लान्टर किन्दैछौं, टेण्डर निकाल्न अन्तिम तयारी भइरहेको छ । टेक्निकल स्पेशीफिकेशनसहित अब बोलपत्र आह्वान गर्न धेरै दिन लाग्दैन ।’ यो मेसिन आएपछि विजकासका काम गर्दा काठमाडौं उपत्यकामा हुर्किएका रुखहरु काट्नुपर्ने बाध्यता हट्नेछ ।
‘अहिले सडक छेउमा विरुवा हुर्काउन निकै समस्या छ । अब हामी अन्त विरुवा हुर्काएर सडकमा ट्रान्सप्लान्ट गर्न सक्छौं’‘यो मेसिन आएपछि शहरमा हरियाली प्रवर्द्धन गर्न विभिन्न स्थानबाट हुकर्किएका रुख ल्याएर रोप्न सक्छौं ।’
के हो ट्री ‘ट्री ट्रान्सप्लान्टर’ रु
ट्री ‘ट्री ट्रान्सप्लान्टर’ मेसिन विदेशमा खासै नयाँ प्रविधि हैन । नपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । महानगरपालिकाले १० देखि २० फिटसम्मका रुख सार्न मिल्ने किसिमको मेसिन ल्याउने भनेको छ ।
यस्तो मेसिनले एक ठाउँको विरुवालाई जेरैबाट उखेल्छ । त्यसको आकारमा सार्नपर्ने ठाउँमा तयार गरिएको खाल्डोमा यसले रुख सारिदिन्छ । अहिले विरुवा नै रोप्नुपर्ने बाध्यता यसले हटाइदिन्छ ।
महानगरपालिकाले यसपछि बिरुवा हुकाउन समस्या हुने सार्वजनिक स्थलमा रुख नै रोप्ने गरीअभियान थाल्ने जनाएको छ ।
अहिले विरुवा रोप्दा पैदलयात्रुले निमोठ र बढ्नै नदिने, संरक्षणको अभावमा मर्ने, सवारीले कुल्चिदिने लगायतका समस्या छन् । जसले काठमाडौंमा हरियाली प्रवर्द्धनका लागि खासै काम नै हुन सकेको छैन ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ