काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो,यस्तो छ के गर्न पाइने ?   के गर्न नपाइने?

 

EhebHCbWkAE6fEL
भदौ २५, काठमाडौँ – बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई आजदेखि थप खुकुलो बनाउने निर्णय गरेको छ ।

जसअनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न, धार्मिकस्थलमा अन्य गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यस्तै, भिडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्डविपरित हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ । साथै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरित श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालिम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्यूटी पार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ । 

निजी तथा सार्वजनिक सवारीसाधन सुरक्षा मापदण्ड पालना गर्दै जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । तर मालबाहक सवारी साधनको हकमा भने जोरबिजोर लागू हुने छैन । यसरी सञ्चालन हुनेमा उपत्यकाभित्र १६ सिट क्षमतामाथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने,  भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनीका बालबालिका २ जना राखी चलाउन सकिने, निजी सवारीसाधनहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जारी गरेको सूचनामा उल्लेख छ ।

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ