कांग्रेस युवा नेताको हत्या विप्लव माओवादीका कार्यकर्ताले गरेको खुलासा

Capture-2काठमाडौं २२ चैत्र – कांग्रेस युवा नेता रविन्द्रशम्शेर शाहको हत्या विप्लव माओवादी कार्यकर्ताले गरेको खुलासा भएको छ । आर्थिक लेनदेन तथा चन्दा नदिएको निहुँमा विप्लव निकट कार्यकर्ताले शाहको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत शाह हत्या घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीले पत्रकार सम्मेलन कार्यक्रममा हत्यामा संलग्न मध्येका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको हो ।

हत्या योजनाकार तथा घटनामा संलग्न संकित भनिएका सिंह र रानाले अपराध स्वीकार गरेको प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले बताए । हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने इन्द्र शाही, अभिषेक भनिने दिर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका एक व्यक्तिको खोजी भैरहेको भेरी अञ्चल प्रमुख शाहले बताए । पक्राउ परेका र फरार रहेका सबै विप्लव नेतृत्वको माओवादी सम्बद्ध कार्यकर्ता भएको प्रहरी वरिष्ठ उपरिक्षक शाहले बताए ।

विप्लव माओवादी निकट कार्यकर्तालाई चन्दा तथा अन्य सहयोग गर्न अस्विकार गर्नु, गत पुसमा पाँचतारा युवा संरक्षण मञ्चको खलंगा स्थित कार्यालयमै चन्दा विषयमा मृतक शाह र विप्लव कार्यकर्ताबीच हात हालाहाल हुनु, गत आर्थिक वर्ष ढिमे सिंचाई कुलो निर्माण ठेक्कामा बलबहादुर मल्ल ‘पौरख’ लाई सहमति भए अनुरुपको रकम नदिनु, शाहको बलियो राजनीतिक पहुँच रहनु, ठेक्का व्यवसायमा शाहको वर्चश्व बढ्नु लगाएत हत्याका मुख्य कारण भएको प्रहरी वरिष्ठ उपरीक्षक शाहले बताए ।

मृतक तथा शंकास्पद व्यक्तिको मोवाइल नम्बरको कल डिटेल्स अध्ययन, हत्या आशंकामा नियन्त्रणमा लिएका शंका गरिएको व्यक्तिमा पोलीग्राफ परीक्षणलगाएत अनुसन्धानबाट हत्याराको पहिचान भएको प्रहरी वरिष्ठ उपरिक्षक शाहले बताए ।

योजनाकार तथा घटनामा संग्लग्न व्यक्तिले शाहको हत्या योजना भेरी गेष्ट हाउस ठाँटीबजार, खलंगा बुनेको उनले बताए । प्रहरीले शाह हत्यामा संग्लग्न भएको आशंकामा १३ जनालाई नियन्त्रण लिएको थियो । आवश्यक अनुसन्धान पश्चात ५ जनालाई छाडिएको अन्य ८ लाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रबउ शाहले बताए ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेर भए पनि हत्यारालाई पक्राउ गरीने शाहले बताए । गत १५ गते अपरिचित व्यक्तिको समूहले भेरी नगरपालिका–३, थाप्ले निवासी कांग्रेसका युवा नेता तथा समाजसेवी ३६ वर्षीय शाहको हत्या गरेका थिए ।

शाह नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पनि थिए ।
इकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको