काँग्रेसले पनि पूरा गर्यो शतक

Congress-tree-flag

६ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले पनि शतक पूरा गरेको छ । प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको महत्वपूर्ण वीरेन्द्रनगर नगरपालिका जित्दै काँग्रेस एक सय स्थानीय तहमा जित हात पारेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा देवकुमार सुवेदी १४ हजार ४ सय ५ मत सहित बिजयी भएका हुन् । उपप्रमुखमा भने एमालेकी मोहनमाया ढकाल बिजयी भएकी छिन् ।

मतगणना जारी रहेका विभिन्न २१ स्थानमध्ये अब काँग्रेस ६ स्थानमा अगाडि छ ।

 

 

photo

NOC1-250x300