कसरी मतदान गर्दा मत बदर हुँदैन ?

काठमाडौं । स्थानीय तहको निर्वाचन हुन अब ४१ दिनमात्र बाँकी छ । तर, निर्वाचन आयोगले अहिलेसम्म मतदाता शिक्षा अभियान चलाएको छैन । Namuna-matpatraयसपटक हुन लागेका निर्वाचन यसअघिको भन्दा फरक र फरक उद्देश्यले हुन लागेकाले मतदाता शिक्षा आवश्यक हुन्छ । आयोगले चैत अन्तिम सातावाट मात्र मतदाता शिक्षा अभियान सुरु गर्ने बताएको छ ।

दलहरुवीच राजनीतिक असमझदारी बढेको र निर्वाचन तालिकामा समेत प्रभावित भएको छ । यसको असर मतदाता शिक्षामा समेत पर्न सक्छ ।

यदि मतदाता शिक्षा अभियान प्रभावकारी नहुँदा मतदान गर्ने स्थिति आयो भने कसरी मतदान गर्ने ? कस्तो अवस्थामा तपाइले गरेको मतदान बदर हुन्छ वा नगन्य हुन्छ ?

निर्वाचन आयोगले मतदानको क्रममा यी ५ प्रकारको गल्ती नगर्न आग्रह गर्दै सूचनामूलक तस्वीर सार्वजनिक गरेको छ । मतदान केन्द्र पुगेपछि तपाईको हातमा सेतो कागजमा नीलो मसीले प्रिन्ट भएको मतपत्र प्राप्त हुन्छ ।

त्यसअघि तपाईले तपाईको मतदाता नामावलीको क्रम संख्या पत्ता लगाएर जानुपर्छ । त्यही क्रम संख्याका आधारमा तपाइको नामावली पत्ता लाग्छ र तपाईलाई मत हाल्ने अनुमति हुन्छ ।

तपाईले प्राप्त मतपत्रमा मतदान अधिकृतकै अगाडि हस्ताक्षर गर्नुपर्छ । त्यसपश्चात मतदान अधिकृतले हस्ताक्षर गरेपछि तपाईको हातमा रहेको मतपत्र मतदान गर्न योग्य हुनेछ । अब तपाईले मतदान गर्दा ध्यान दिनुपर्छ ।

तपाईले मतचिन्ह भन्दा बाहिरको घेरा छुने गरी मत संकेत गर्न पाउनु हुन्न । तपाईले जुन निर्वाचन चिन्हमा मतदान गर्न चाहनुभएको हो, त्यही चिन्हभित्र स्वस्तिक छाप लगाउनुपर्छ । त्यहाँभन्दा बाहिर मत संकेत भयो वा घेरा छोइयो भने तपाईको मत बदर हुनेछ ।

यसैगरी तपाईले मतदानका क्रममा गर्न सक्ने दोस्रो गल्ती हो, दुई मतचिन्हको वीचमा मत संकेत गर्नु । यदि त्यसरी मतसंकेत गरेमा पनि तपाईको मत बदर हुनेछ । आयोगले त्यस्तो मतलाई मान्यता दिँदैन ।

अर्को पक्ष हो स्वस्तिक छापको सट्टा औँठाछाप वा संकेत प्रयोग गरेमा । मतदाताले गर्न सक्ने गल्ती मतदानको क्रममा स्वस्तिक छाप नभेटेमा वा अन्य कारण कलमले ठीक चिन्ह लगाउने र औंठा छाप लगाउन सक्छन् । कोठाभित्रै पर्नेगरी पेनले मतसंकेत गरेमा वा औँठाछाप लगाए पनि त्यस्तो मत बदर हुनेछ । त्यसैले हरेक मतदाताले मत संकेतका लागि स्वस्तिक छापकै प्रयोग गर्नु पर्नेछ ।

मत बदर हुने चौथो कारण हो, मतसंकेत चिन्ह नबुझिने गरी छाप लगाएमा । मतदाताले मतसंकेतका क्रममा स्वस्तिक छापमा आवश्यक भन्दा बढी मसी प्रयोग गरी वा दुई वा सो भन्दा बढी पटक मतचिन्ह प्रयोग गरेमा तपाईले प्रयोग गरेको मतचिन्ह नचिनिने हुन्छ । निर्वाचन आयोगले त्यस्तो मत संकेतलाई मान्यता दिँदैन र तपाईको मतदान बदर हुन्छ ।

अन्तिम कारण हो, मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र प्रयोग गरेमा । मतपत्रको दाहिने कुनामा मतदान अधिकृतको हस्ताक्षर गर्ने ठाउँ हुन्छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र प्रयोग गरी यदि तपाईले मतदान गर्नुभयो भने त्यस्तो मतपत्र मान्य हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको