१६ भदौ, काठमाडौं । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाकाे मृत्यू भएकाे छ ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ९ गच्छेमा बिहीबार करेन्ट लागेर १९ वर्षीय गोविन्द विकको मृत्यु भएको हाे ।
विहान ८ः३० मा ईमरजेन्सी लाईट चार्ज गर्दा घाईते भई जिल्ला अस्पतालमा अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजनराज भण्डारीले जानकारी दिए ।