ओली : एमालेको बहुमत भएको भए …

बनियानी (झापा), २५ साउन – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ । 

kp-oli

नेकपा (एमाले) भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । 

‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उहाँले भन्नुभयो, “नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ ।” 

स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको चर्चा गर्दैै अध्यक्ष ओलीले भन्नुभयो, “राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको छ, यो साधारण कुरा होइन ।” 

आन्दोलनका क्रममा केही समस्या र मतभेद् हुने बताउँदै उहाँले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गर्नुभयो । ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए”, उहाँले भन्नुभयो, “नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन् ।” 

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।” रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको