ओली : सुख्खामै पछारौंला भन्ने सोचेका थियौं, अब हिलोमै पछार्नुपर्ने भयो

kp-oli-768x640

काठमाडौं, जेठ १८– एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ज्योतिषिलाई साइत हेराई हेराई चुनावको मिति सार्ने काम गरेको आरोप लगाउँदै जहिले सारेपनि एमालेले नै जित्ने दाबी गरेका छन् ।

सरकारले असार १४ को लागि चुनावको मिति तय गरेको सन्दर्भमा उनले भने, ‘सुख्खामै पछारौंला भन्ने सोचेका थियौं, अब असारको हिलोमा पछार्नु पर्ने भयो । ’

बिहिबार काठमाडौंमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अन्य राजनीति दलसँग भन्दा एमालेसँग भिन्न न नीति छ न विचार भएकाले नै देखिनसहने हरुले आफूलाई ‘उखाने बूढा’ भनी कटाक्ष गर्ने गरेको समेत ओलीले गुनासो गरे ।

ओलीले कुनै पनि हालतमा चितवनको भरतपुर महानगरपालिकामा रोकिएको स्थानबाट पुनः मतगणना हुनुपर्ने माग समेत गरे।

उनले आजसम्म मतगणना सुरु गर्न माग गर्दै संसद अबरुद्ध पारिएको भन्दै त्यो माग पूरा नभए आन्दोलकारीको रुपमा अघि बढ्ने बताए ।

उनले भने, ‘यदी रोकिएको ठाउँबाट मतगणना भएन भने आजसम्म संसदमात्रै चल्न दिएका छैनौं, भोलिदेखि के चल्न दिँदैन हेर्दैै जानुहोला । ’
उनले देशै ठप्प पार्ने संकेत गर्दै अगाडि थपे, ‘फेरि मतदान हुने कुरा भए हामी मान्दैनौं । त्यसविरुद्ध हामी आन्दोलनकारीको रुपमा अगाडि बढ्छौं ।’

उनले माओवादीको उद्देश्य मतपेटिका नै फेर्ने रहेको तर त्यो सम्भव नभएपछि च्यात्ने काम भएको आरोप समेत लगाए ।

‘उनीहरुको त्यहाँका मतपेटीका नै बोकेर जाने र धाँधली गर्ने योजना थियो त्यो सफल भएन। त्यसपछि दुई चार मत च्यातेर धाँधली गरे’, ओलीको आरोप थियो ।

सो अवसरमा ओलीले राजधानी, राजधानी जस्तो नभएको भन्दै एमालेले अब राजधानी बनाउने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ