मधेसवादी दलसँग वार्ता जारी राख्ने
साउन १, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले राखेको २ सय ४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।
संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेले जोड दिएको छ । तत्काल आयोग गठन गरी निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।
मधेसवादी दलसँग वार्ता जारी राख्ने
एमालेले मधेसवादी दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ । एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
मधेसवादी दलसँग परिणाममुखी वार्ता भएपछि सार्वजनिक गरिने पनि नेता भट्टराईले बताए ।
जनप्रतिनिधिलाई प्रशिक्षण
एमालेले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षणा दिने भएको छ । ६ प्रदेशकै जनप्रतिनिधिहरुलाई यहि साउन भित्र प्रशिक्षण दिने निर्णय गरेको हो । प्रशिक्षणको समय भने प्रदेशको अनुकुलतामा गरिने जनाइएको छ ।
मतदाता संकलनमा लाग्न निर्देशन
एमाले स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनका लागि आइतबारबाट शुरु गरिएको मतदाता संकलनको काममा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
यस्तै, तेस्रो चरणमा हुन लागेको २ नम्बर प्रदेशमा पनि सक्रिय भई खट्न एमालेले कार्यकर्तालाई निर्देशन दिएको छ ।
अधिवेशनको ढोका खुला
एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशनका लागि ढोका खुला गरेको छ । आगामी निर्वाचनअघि सबै पार्टी कमिटी र जनवर्गीय संगठनको अधिवेशन सम्पन्न गर्ने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको