चाइनाले एकै चोटीमा १० वटा परमाणु हतियारको मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ। एकै चोटी १० वटा फरक फरक निसाना लगाउन सक्ने उक्त मिसाइलले १० वटा परमाणु बमलाइ खसाउन सक्ने क्षमता भएको बताइएको छ।
पछिल्लो चोटी चाइना र अमेरिका बिच देखिएको मतभेदका बिच चाइनाले उक्त क्षेप्यास्त्रको परिक्षण गरेको हो। डी एफ ५ सी नाम दिइएको उक्त क्षेप्यास्त्र चिनको सान्सी प्रान्तको ताइयुएनमा परिक्षण गरिएको बताइएको छ। उक्त हतियार चिनको सेनाले ८० को दशकमा प्रयोग गरेको सि एफ ५ को नयाँ स्वरुप भएको बताइएकोे छ।
गएको वर्ष चाइनाले सुरु गरेको सी एफ ५ क्षेप्यास्त्रलाई नयाँ स्वरुप दिने घोषणा गरेलगत्तै अमेरिकाले दुइ देशको सम्वन्ध बिग्रन सक्ने चेतावनी दिइसकेको थियो।
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण सागरको बिषयलाई लिएर बिवाद हुन सक्ने बिषय उठाएलगत्तै चिनले परिक्षाण गरेको हो। तर चिनको पिपुल्स लिवरेसन आर्मिले भने उक्त क्षेप्यास्त्र परिक्षण अमेरिकाकासँग सम्वन्धित नरहेको बताएको छ।
अमेरिकाले भने उक्त परिक्षणसँग अमेरिका जानकार रहेको र चिनको परमाणु भण्डारमा करिव २ सय ५० परमाणु हतियार रहेको जनाएको छ। ‘चिनले लामो दुरीको हतियार निमार्णलाई प्राथमिकता दिइरहेको हामी जानकार छौँ। र अहिले चाइनाले गरेको क्षेप्यास्त्रको पारदर्शिताका बारेमा भने हामीलाइ चिन्ता लागेको छ।’
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको