उम्मेदवारको मृत्यु कारण रुपन्देहीको वडामा चुनाव सर्‍यो

१३ असार, भैरहवा । निर्वाचनको एक दिनअघि रुपन्देहीको एक वडामा स्थानीय तह चुनावको मिति सारिएको छ ।

 

उम्मेदवारको मृत्यु भएको कारण जिल्लाको कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकमा चुनावको मिति सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले जानकारी दिए ।

उनले कोटहीमाई गाउँपालिकाको वडा नम्बर एकका माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि निर्वाचन मिति सारिएको र उक्त वडामा यही असार १६ गते नै निर्वाचन हुने बताए ।

प्रचारप्रसार पश्चात घरमा आएर आराम गर्ने क्रममा उम्मेदवार मल्लाहको हृद्यघातले मृत्यु भएको बताइएको छ ।

कोटहीमाई गाउँपालिकाको जिल्लाको पश्चिम दक्षिणी मर्चवार क्षेत्र अन्र्तगत पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपैयाँमा कुवेत पुर्‍याएर बिक्री

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने : प्रधानमन्त्रीलाई दुइदिने अल्टिमेटम

१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय

एमाले अध्यक्ष ओलीद्धारा ‘सीएनआई कोसी एक्स्पो २०२३’ को उद्घाटन

१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो

भक्तपुरको बन्देश्वरी जंगलमा लगेर १५ अर्षीय बालिका बलात्कार गर्ने बलात्कारी पक्राउ

१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको