उपेन्द्र : राजेन्द्र महतो ‘भारतीय’ हुन्, ढाँटेर नागरिकता लिएका हुन्

upendrayadavko-khulasa३१ जेठ , काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोबारे सनसनीपूर्ण खुलासा गरेका छन् । मंगलबार आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र

महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली नागरिक लिएको खुलासा गरेका हुन् ।

यसअघि धेरै नेपालीले महतो भारतबाट अंगीकृत नागरिक भएको आशंका गर्दै आएका थिए । उनले पहिला आफूले नागरिकता लिएको र पछि आफ्ना बुवाको पनि नेपाली नागरिकता बनाइदिएको बताइन्छ । यो आशंकालाई मधेसमा धेरै लामो समयदेखि राजनीति गर्दै आएका उपेन्द्रको खुलासाले पुष्टि गरेको छ ।

राजेन्द्र यस्ता व्यक्ति हुन् जो अंगीकृत नागरिक भइकन नेपालको मन्त्री बने । त्यतिमात्रै होइन् मधेसको अधिकारका लागि आन्दोलन भन्दै तराईकै जनतालाई दुःख दिइरहेका छन् ।

एउटा अनलाइनमा आफ्नो अन्तर्वार्तामा उपेन्द्रले राजेन्द्रको घर भारतको कोहरबा भन्ने ठाउँमा रहेको र ढाँटेर नागरिकता लिदै उनी पछि नेपाली बनेको उल्लेख गरेका छन् ।

चुनावको विरोधमा फेरि आन्दोलन गर्न खोजिरहेका राजेन्द्रलाई काउन्टर दिँदै उपेन्द्रले तराई मधेसमा जनताले चुनाव चाँहेको र वहिष्कार गर्ने सबै समाप्त हुने पनि टिप्पणी गरेका छन् । ‘नेपाली जनता चुनाव चाहन्छन्,’ उपेन्द्र भन्छन्– ‘पारीबाट मान्छे ल्याएर चुनाव रोक्न खोज्नेलाई जनताले डन्डा लगाएर लखेट्छन् ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको