उपेन्द्र यादव : ‘राजपा नेपाल एमालेको गोटी हो’

११ साउन,काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोप लगाएका छन् ।

upendra-yadav-yadav-940x640_etFY3PRQ0mआजदेखि शुरु भएको केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै अध्यक्ष यादवले राजपा नेपालले चुनावमा भाग नलिएर एमाले पार्टीलाई सहयोग पुर्याएको दावी गरे । फोरम नेपालले मात्र चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने देखिएकाले अन्तिम समयमा आएर चुनावमा भाग लिने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले ठूलो बलिदानी दिएर संघीयता ल्याएकाले त्यसलाई कुनै पनि हालतमा समाप्त हुन नदिने उद्देश्यले स्थानीय तहको चुनावमा भाग लिएको स्पष्ट पारे ।

संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा भएकाले उनीहरुलाई त्यसप्रति त्यति मोह नरहेको टिप्पणी पनि उनले गरे ।

अहिलेको मुख्य काम संघीयता र गणतन्त्र जोगाउनु हो भन्दै यसैमा टेकेर अन्य मागहरु पूरा गराउन सकिने उनले धारणा राखेका थिए । प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए ।

बैठकमा चुनाव भइसकेका जिल्लाका अध्यक्षहरुले चुनावको विषयमा आआफ्नो धारणा राखेका छन् । आन्दोलनमा रही रहेको अवस्थामा एकाएक चुनावमा भाग लिएपछि त्यसको प्रभाव पार्टीमा परेको उनीहरुले धारणा राखेका थिए । पार्टी युटर्न भएपछि जनतामा अन्योलमा देखिएको र उनीहरुले मतदान नगरेको जिल्ला अध्यक्षहरुले आफ्नो धारणा सुनाएका थिए ।

एमालेले उठाएको राष्ट्रवादको कुरालाई पनि फोरम नेपालले चिर्न नसकेको धारणा उपनि नीहरु बैठकमा राखेका थिए । उनीहरुले पार्टी चुनावमा गएको औचित्य जनता समक्ष पुष्टि गर्न नसकेको धारणा राखेका थिए ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्