सवारीसाधनमा उच्च प्रविधिको नम्बर प्लेट (इम्बोस्ड) जडानविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट खारेज भएको छ ।
शुक्रवार संवैधानिक इजलासले इम्बोस्ट नम्बर प्लेटविरुद्धको रिट खारेज गरेको सर्वाेच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सर्वाेच्चमा रिट गरेपछि २०७४ फागुन १० गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान कार्य अवरुद्ध भएको थियो । अधिवक्ता भरतकुमार बस्नेत र राजन वुर्लाकोटीले दायर गरेको रिट शुक्रवार संवैधानिक इजलासले खारेज गरेको छ ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत सम्मिलित थिए ।
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी प्रयोग भएको भन्दै विरोध समेत भएको थियो । सर्वाेच्चले रिट खारेज गरेपछि अब अंग्रेजी नै प्रयोग भएर नम्बर प्लेट जडान कार्य अगाडि बढ्ने जनाइएको छ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानका लागि अन्तर्राष्ट्रिय टेन्डर गरेर प्रक्रिया अगाडि बढाएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको