फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।
यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ ।
फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाइँको टाइमलाइनमा देखिनेछैन र तपाइँको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षित रहनेछ । चाहिएको बेला उक्त फोटोलाई निकालेर प्रयोग गर्न सकिनेछ ।
बुधबार एक पोष्टमार्फत इन्स्टाग्रामले भनेको छ ः तपाइँ को हुनुहुन्छ र समयसँगै तपाइँ सुधार भइरहनुभएको छ भन्ने कुरा तपाइँको प्रोफाइलले प्रतिनिधित्व गर्दछ । आर्काइभसँगै अब तपाइँले ती पलहरु पनि सँगाल्न तथा सुरक्षित राख्न सक्नुहुनेछ जसको बारेमा तपाइँलाई चासो हुन्छ ।
इन्स्टाग्रामको यो आर्काइभ फिचरले प्रयोगकर्तालाई आफ्नो पोस्टलाई पब्लिक प्रोफाइलबाट डिलिट नगरीकन हटाउने सुविधा प्रदान गर्दछ । आर्काइभ फोल्डरमा लगेको सामाग्रीहरु केवल सम्बन्धित प्रयोगकर्ताले मात्र हेर्न सक्दछ ।
साथै त्यसलाई पुनः पब्लिक प्रोफाइलमै लैजाने अप्सन पनि उपलब्ध हुन्छ । इन्स्टाग्रामको आर्काइभलाई स्न्यापच्याटको मेमोरिज फिचर जस्तै मान्न सकिन्छ । एजेन्सी
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास