May 26, 2017

आयोगले भन्यो-थपिएका स्थानीय तहमा निर्वाचन असम्भव

जेठ १२, काठमाण्डाै । निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। आयोगले तोकिएको समयमै दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमा गराउने प्रतिबद्धता र दृढता व्यक्त गरेको छ ।

आयोगले निर्वाचन कार्यक्रमअनुसार दोस्रो चरणमा निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग पुनः आग्रहसमेत गरेको छ ।  बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नहुने निर्णय गर्दै सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले सोमबार थप गरेको स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन प्राविधिक रूपले सम्भव नहुने उल्लेख छ ।  आयोगले सरकारले राजपत्रमा प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार जेठ ३१ मा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह पनि गरेको हो । परिवर्तित गाउँपालिका र नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न समय लाग्ने भएको तर मतदाता नामावली जेठ १५ मा निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्नुपर्ने भएकाले थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुन नसक्ने जनाएको छ ।

मतदाताको परिवर्तित ठेगानाअनुसार मतदाता परिचयपत्र छपाइ गरी जेठ २७ गतेसम्ममा सम्बन्धित मतदान केन्द्रमा पुर्‍याउनुपर्नेमा थप गरिएका स्थानीय तहमा जेठ १५ गतेसम्म आवश्यक सामग्री पुर्‍याउन प्राविधिक रूपले सम्भव नहुने आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘थप, हेरफेर र स्तरोन्नति भएका गाउँपालिका तथा नगरपालिकाको वडा सङ्ख्यालगायतको विस्तृत विवरण तयार गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि निर्वाचन प्रयोजनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निर्वाचन आयोगमा उपलब्ध गराउने व्यवस्था रहेकोमा त्यस्तो विवरण आयोगमा प्राप्त भइसकेको छैन । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास