आदरणिय शिक्षक तथा कर्मचारी ज्युहरु ( सुचना ! सुचना !सुचना !!!)

imageपिपुल नेपाल , हर्क बहादुर ताम्राकार ( एच.बी ) 

८ आश्विन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिको असोज २ गते हेटौंडामा सम्पन्न दोस्रो पूर्ण बैठकले निर्देश गरेअनुसार असोज ५ गते केन्द्रिय कार्यालय काठमाडौंमा बसेको सचिवालयको बैठकले असोज ८,९ र १० गते काठमाडौंको माइतीघर मण्डला नजिकै ३ दिने रिले अनसन गर्ने निर्णय गरेको सबैमा जानकारी गराएको छ ।
साथै, उक्त अनसनमा केन्द्रीय समिति, उपत्यकाका जिल्ला समिति, इलाका समिति, इकाई समिति लगायत सम्पूर्ण इस्टुप्रेमी सदस्य, शुभेच्छुकहरूको हितकालागि रहेको र सवैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोधपनि गरिएको छ ।

 

photo

NOC1-250x300