आज छापिएका मुख्य समाचारहरु

patrapatrika-bimal-1-1-768x1258१३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको जारी चीन भ्रमणबारेको समाचारलाई आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले महत्वका साथ फ्रन्टपेजमा स्थान दिएका छन् ।

यससँगै अन्नपूर्ण पोस्ट् दैनिकले सीमांकनबिना दलहरुबीच सहमति हुने सम्भावना नभएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै स्थानीय बजेट हृवात्तै बढेको समाचार र सगरमाथा आरोहणका लागि दुई सातापछि बाटो खुल्ने समाचार पनि फ्रन्टपेजमा छापिएको छ ।

११ जिल्लामा मतदान स्थाल टुंगिन बाँकी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएको छ । वीर अस्पतालले सुधार फड्को मार्दै गरेकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले कलंकी-कोटेश्वर सडक निर्माणको गति सुस्त भएको समाचारलाई प्राथमिकता दिएको छ ।

एनसेलको कर असुल्न अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको समाचारलाई कान्तिपुर दैनिकले महत्व दिएको छ । त्यस्तै कैलालीको हौसलपुर देशभित्रै बिरानो भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

कार्यपालिका भन्दा व्यवस्थापिका ठूलो हुनेलाई महत्वपूर्ण स्थान दिएको राजधानी दैनिकले भारतले पाकिस्तान र बंगलादेशको सीमा बन्द गर्न लागेकोलाई एंकर बनाएको छ ।

गोरखापत्र दैनिकले संसदमा ३९ विधेयक विचाराधीन रहेको समाचारलाई महत्व दिएको छ । मधेसी मोर्चामा ध्रुवीकरण तीव्र भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ