अर्थ

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ,मङ्सिर ९ :  नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।  सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई […]

उद्योगीले सरकारलाई हेर्ने दृष्टिकोण ठिक भएन

मङ्सिर ९,काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री यादवले उद्योगीहरुले सरकारको नीति, व्यवहार केही पनि ठिक नभएको भन्ने गरेकोमा आपत्तिसमेत जनाए ।  उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योगीहरुलाई व्यापारिक मानसिकतामात्रै बोकेर नहिँड्न पनि सचेत […]

‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

मंसिर ८, काठमाडौँ- विभिन्न प्रवद्र्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन विभागको विवरण अनुसार अक्टोबरसम्म आठ लाख ८२ हजार ५३१ पर्यटक नेपाल घुम्न आएका छन् ।  उक्त विवरण केही तलमाथि हुनसक्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले […]

२ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

मङ्सिर २,काठमाडौं :  नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाइनेछ । केन्द्रीय बैंकले ९१ दिन अवधिको लागि सो रकमको बिल जारी गर्न लागेको हो । सो बिल फागुन ७ गते परिपक्क हुनेछ । […]

मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो

मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले […]

शेयर बजार १४ अङ्कले बढ्यो

काठमाडौँ, कार्तिक २७ :  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत […]

नेपालको सन्दर्भमा विकास

  डा. विश्व पाैडेल काठमाडाैं | दुई–तीन लाख जनताका लागि बनाइएको सहरले सहर निर्माणबाट प्राप्त हुने ‘इकोनोमी अफ स्केल’ क्याप्चर गर्न सक्दैन १. अविकासको जड हामी कुन अर्थमा अविकसित छाैँ भन्ने एक उदाहरण मुलुकमा औपचारिक सेवा प्रदान गर्ने सबैभन्दा तल्लो तहका कर्मचारीको तलबबाट हेरौँ । पृथ्वीनारायण शाहले विसं १८१९ मा सेनाका पल्टन बनाउँदा सबैभन्दा तल्लो […]

दोहोरो अङ्कले घट्यो नेप्से

कात्तिक २६,काठमाडौं  : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ ।  प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ […]

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लैजानुहोस् !

व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो। आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा […]

विदेश जाँदा अब बढीमा १५ सय डलर मात्र लैजान पाउने

काठमाडौं , २२ । डलरको सटही सुविधालाई कटौती गर्दै नेपाल राष्ट्र बैंकले अब विदेश जाँदा बढीमा १५ सय डलर मात्रे लैजान पाउने व्यवस्था गरेको छ। यसअघि एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा दिइँदै आएकोमा १५ सयमा झारिएको हो। आयातमा भएको वृद्धिले चालू खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको हो। चालू […]

 

photo

NOC1-250x300