काठमाडौं, १४ फागुण। मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं।’ यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे।
यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो। उनले भने,‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौं।’
उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। उनले ९ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन्।’ उनले सरकारले चाह्यो भने एमालेविना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे।
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा
मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।