September 18, 2018

सिरियाबाट उडेको रुसी सैन्य विमान बेपत्ता

काठमाडौँ, असोज २ । रुसमा सिरियाबाट १४ जना सवार रुसी सैन्य विमान बेपत्ता भएको छ । सिरियाबाट रुसको लाताकिया शहरका लागि उडेको विमान बेपत्ता भएको हो ।१४ जना सैनिक सवार रुसी आइआइ–ट्वेन्टी विमानको सम्पर्क भूमध्ये सागरको माथि उडिरहेका बेला टुटेको हो ।सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । नेपाली समय अनुसार मंगलबार बिहान पौने २ बजेदेखि विमानसँगको सम्पर्क टुटेको हो ।

रुसले सन् २०१५ देखि सिरियामा सैन्य आक्रमण गर्दै आएको छ । राष्ट्रपति बसर अल–असदको आग्रहमा रुसले त्यहाँ सैन्य अभियान चलाइरहेको हो ।सिरियामा गएको सात वर्षदेखि गृह युद्ध चलिरहेको छ । अहिलेसम्म गृह युद्धका कारण तीन लाख ५० हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल