सर्वोच्चका न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने तयारी सुरु

संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्किएका दीपकराज जोशीमाथि महाभियोग लगाउने तयारी सुरु भएको छ ।

जोशीलाई महाभियोग लगाउन नेपाल कम्युनिस्ट पार्टीका सांसदरूले हस्ताक्षर संकलन शुरू गरेका छन् । ने क पाका सांसद कृष्ण राईका अनुसार जोशीको महाभियोगका लागि हस्ताक्षर संकल शुरू भएको छ । महाभियोगको प्रस्ताव शुक्रबार दर्ता गर्ने कार्यक्रम छ ।

महाभियोगको प्रस्ताव दर्ता गर्न एक चौथाइ सांसद (८३ जना) को हस्ताक्षर आवश्यक पर्छ । संसदमा ने क पाका २१४ जना सांसद छन् । “उनीविरुद्ध महाभियोग प्रस्ताव तयार भइसकेको छ । सांसदहरूले हस्ताक्षर गरिरहनुभएको छ, आवश्यक संख्या पुग्छ,” स्रोतले भन्यो ।

सांसदहरूले सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको भन्दै भदौ १८ गते प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि उनी बिदामा बसेका थिए ।

त्यसपछि नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत गएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक