सरकारलाई ठीक बाटोमा ल्याउन कांग्रेसले कम्मर कस्छ : नेता पौडेल

चितवन , माघ ४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

प्रेस युनियन चितवन शाखाले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा कांग्रेसले आवाज उठाउने बताए। उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन कांग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए। उनले भने, ‘जनताका आवाजलाई सधैँ दबाउन सकिँदैन, देशका समस्यामा लापरबाही गर्न पाइँदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ।’

वरिष्ठ नेता पौडेलले भने, ‘देशका समस्यामा लापरबाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जबर्जस्ती प्रयास हुन्छन्।’

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै उनले भने, ‘दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनुपर्छ। संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ। त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उनको मागलाई सरकारकाले वेवास्ता गरेको छ।’ उनले अगाडि थपे, ‘त्यो संविधान विपरीत पनि छ।’

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उनले भने, ‘सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ।’

वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उनले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए।

पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए। उनले भने, ‘केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ। ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ।’ महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, ‘त्यो कुरा तलसम्म आउनुपर्छ। लोकतन्त्र र मुलुकको रक्षा गर्नु कांग्रेसको दायित्व हो।’ 
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक