सरकारलाई खबरदारी गर्न गगन थापाको आग्रह

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बोल्नु पर्ने प्रतिपक्षी दल नबोल्ने र नबोल्नु पर्ने सत्ता पक्ष बोलेर मुलुक अधोगतितर्फ धकेलिदै गएको बताएका छन् । नेपाल प्रेस यूनियन रासस प्रतिष्ठानको तेस्रो अधिवेशन उद्घाटन समारोहमा नेता थापाले मुलुक अधोगतितर्फ धकेलिनबाट जोगाउन सञ्चार जगतले दलहरुलाई सचेत गर्नुपर्ने अवस्था आएको बताए । 

16966342861542279897400_NP_KTM_20181115_IMG_7832

‘‘बोल्नुपर्ने प्रतिपक्षी नबोल्ने, नबोल्नुपर्ने सरकार बोल्ने उल्टोपाल्टो अवस्थाले देश झनझन पछाडि धकेलिदै गएको छ । अव राजनीतिक दलहरुलाई सञ्चार क्षेत्रले सुधार्नु पर्ने आवश्यकता आएको छ,’’ उनले भने । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई बोलाइमाभन्दा काममा जोड दिन आग्रह गरे । 

‘‘प्रधानमन्त्रीजी र अन्य मन्त्रीहरु नबोल्नुस् । काम गरेर देखाउनुस् । काम बोली हाल्छ । सरकारका राम्रा कामका बारेमा हामी बोली हाल्छौं नि । त्यति गैरजिम्मेवार त हामी पनि छैनौं,’’ उनले सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्री परिषद्का निर्णयहरु लुकाएकोतर्फ लक्षित गर्दै थपे, ‘‘तर बोल्नु पर्ने सञ्चार मन्त्रीजी किन बोल्नु हुन्न बुझ्न सकिएन ।’’  

थापाले सञ्चार माध्यमलाई सरकारका कमी–कमजोरीको आलोचना मात्रै नगरेर जिम्मेवारी पनि बोध गर्नु पर्ने आवश्यकता रहेको बताए । ‘‘सरकारको आलोचना गर्दैगर्दा प्रेसले जिम्मेवारी बोध गरेर सकारात्मक पनि सोच्नु पर्छ । आलोचना नै आलोचनाले युवा पुस्तामा सरकारप्रति धेरै नकारात्मक धारणा उत्पन्न हुनेतर्फ सचेत हुन जरुरी छ,’’ उनले भने । 

मुलुकमा अहिले देखिएको समसामयिक राजनीतिक अवस्थाका कारण युवामा देखिएको राजनीतिक दलहरु प्रतिको आक्रोस, घृणा र अविश्वासको फाइदा लिएर अनुदारवादीहरु सल्बलाउन सक्ने भएकाले सञ्चार क्षेत्र सजग हुन अतिनै आवश्यक रहेको थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक