सम्बृद्धि र सुशासनका लागि प्रधानमन्त्रीसँगै खट्छन् यी तीन मन्त्रीहरु

 

 

 

images_cms-image-000043644बैशाख ९ :  प्रधानमन्त्रीमा निर्वाचित  भएपछि केपी ओलीको ब्यस्तता बढेको छ । मुलुकमा पहिलो पटक स्थायी सरकार गठन भएकाले जनताले अनुभुति गर्ने गरि केही नयाँ काम शुरु गर्ने योजनाका साथ प्रधानमन्त्री ओली नेतृत्वको टोलीले केही समययता राति एघार बजेसम्म खटेर काम गरिरहेको छ । आर्थिक सम्बृद्धि र जनताका विकासका सपनासँगै सुशासनको अनुभुति गराउनका लागि प्रधानमन्त्री ओली सहित तीन मन्त्रीहरु र उहाँका सल्लाहकारहरु, केही समयदेखि अध्ययन र अनुसन्धान गर्दै राती अबेर सम्म बसेर काम गर्ने गरेको बालुवाटार स्रोतले काभ्रेपोष्टलाई बतायो ।

 

प्रधानमन्त्री ओलीको सम्बृद्धिको मार्गभित्रमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले राती अबेरसम्म बसेर प्रधानमन्त्री केपी ओलीलाई सहयोग गरिरहनुभएको छ । त्यसैगरी प्रधानमन्त्रीले विषयगत विज्ञ नियुक्त गरेर काम गर्ने योजना अनुसार मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकारमा डाक्टर कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकार पूर्वसांसद अच्युत मैनालीले पनि राती अबेरसम्म बसेर प्रधानमन्त्री केपी ओलीलाई सहयोग पु¥याइरहेका छन् । अमेरिका, भारत लगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिने गरि गठन हुन लागेको थिङ्ग ट्याङ गठनका लागि पनि प्रधानमन्त्रीले केही समयदेखि गृहकार्य समेत गरिरहनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार थिंकट्यांक गठनका लागि ऐनको मस्यौदा बनाउने काम पनि भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयले प्रधानमन्त्रीको दैनिकीलाई सहज र व्यवस्थित बनाउने काम गरेको छ । त्यस्तै प्रधानमन्त्रीको आन्तरिक भ्रमण तय गर्ने, भ्रमण योजना बनाउने र समय व्यवस्थापन पनि सचिवालयमार्फत नै हुने गरेको छ । यसअघि ठुलो आकारको सचिवालय हुने गरेकोमा यो पटक सानो आकारमा झारेर प्रधानमन्त्रीले उदहारण प्रस्तुत गरिसक्नुभएको छ ।

प्रधानमन्त्री ओलीले यो पटक थिङ्क ट्याङ्को नयाँ अवधारणा लागू गर्न खोज्नुभएको छ । जसले विभिन्न क्षेत्रमा केन्द्रित भएर प्रधानमन्त्रीलाई सल्लाह, सुझाब दिनुका साथै सहयोग समेत गर्नेछन । जसले सवन्धित क्षेत्रको अध्ययन अनुसन्धान र अवस्था बारेमा प्रधानमन्त्रीलाई आवश्यक सल्लाह सुझाव दिनेछ ।

पछिल्लो समय प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, सचिबालय र सल्लाहारसँगै पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत पनि अपडेट हुने गर्नुभएको छ । उहाँका सार्वजनिक अभिब्यक्ति र भाषणले पनि त्यसलाई प्रष्टाउछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कम्तीमा दिनको तीन घन्टा प्रधानमन्त्रीले अध्ययन र सामाजिक सञ्जालमा आएका सूचनामा दिने गर्नुभएको छ । जसले प्रधानमन्त्रीलाई नागरिकको अपेक्षा र सरकारको कामको मुल्यांकन गर्न सजिलो भएको छ ।

प्रधानमन्त्री भारत भ्रमण जानु अघि राती बोलाएर पत्रकारहरुलाई अन्तर्वार्ता दिएकोले पनि राती अबेलासम्म प्रधानमन्त्री काम गर्नु हुन्छ भन्ने जानकारी नेपाली जनताले यस अघि नै पाइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक