December 18, 2017

समानुपातिककाे नतीजाले एमालेमा महिला, कांग्रेसमा पुरुष भाग्यमानी

पुस ३, २०७४ ,समानुपातिकबाट एमाले र माओवादी केन्द्रले अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको छ भने कांग्रेसबाट आधाजसो पुरुषले सांसद बन्ने मौका पाउँदै छन् ।निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना आइतबार सम्पन्न गरेसँगै समानुपातिकबाट सांसद बन्नेहरूको चर्चा चल्न थालेको हो । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्माजम्मी दुई जना मात्रै महिला सांसद बनेकाले समानुपातिकमा महिलालाई स्थान दिनुपर्ने अवस्था छ ।समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने देखिएको छ । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो ।

प्रत्यक्ष र समानुपातिक गरी कुल १ सय २१ सिट जितेको एमालेले ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनुपर्ने हुन्छ । दुई जना प्रत्यक्षमा जितिसकेकाले एमालेले अब ३७ जना महिलालाई समानुपातिकबाट ल्याउनुपर्छ ।प्रत्यक्षतर्फ निकै खस्केको कांग्रेसले समानुपातिकतर्फ भने राम्रै मत पाएको छ । प्रत्यक्षतर्फ २३ सिट जितेको उसले समानुपातिकतर्फ एमालेभन्दा एक मात्र कम सिट पाउने भएको छ ।दुवै चुनावी प्रणालीबाट ६३ सिट जितेको कांग्रेसबाट समानुपातिकबाट भने आधाजसो पुरुष उम्मेदवारले सांसद बन्ने मौका पाउने भएका छन् । उसले समानुपातिकबाट २१ महिला र १९ पुरुषलाई सांसद बनाउन पाउने भएको छ ।प्रत्यक्षतर्फ दोस्रो दल बने पनि समानुपातिकबाट भने माओवादी केन्द्र तेस्रो दल बन्न पुगेको छ । माओवादी केन्द्रले १७ सांसद पाउने देखिएको छ ।, 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक