July 9, 2018

संविधान संशोधन गर्न प्रधानमन्त्री ओलीलाई नै भेटेर दबाब दिने राजपाको निर्णय

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।  पार्टीको अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दबाब दिने निर्णय गरेको हो ।

संविधान संशोधन गर्ने कि नगर्ने भनेर सरकारको ठोस धारणा माग गर्न भोली प्रधानमन्त्री ओलीसँग भेट गर्ने निर्णय गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा टुंगोमा पुग्न पनि संविधान संशोधन गर्ने विषयमा सरकारको ठोस धारणा माग गर्नुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

बैठकले संसद र संसदीय गतिविधिलाई समिक्षा गर्न सोमबार सिंहदरबारमा साढे ११ बजे पार्टी संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ । त्यसैगरी पार्टीको भातृ संगठनहरुको नामाकरण गर्ने निर्णय पनि गरिएको नेता यादवले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालले जिल्लाहरुमा पार्टीको कामलाई प्रभावकारी बनाउन सबै जिल्ला अध्यक्षहरुलाई सोमबारभित्र लिखित निर्देशन दिने निर्णय पनि गरेको छ । जिल्लाका पार्टी संगठनहरुको रिक्त पद समेत पूर्ति गर्नेगरी पार्टीको कामलाई प्रभावकारी बनाउन जिल्ला अध्यक्षहरुलाई लिखित निर्देशन दिने निर्णय गरिएको पार्टीका नेता यादवले बताए ।

शनिबार सम्पन्न राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकले संविधान संशोधन गर्ने सहमति कार्यान्वयनका लागि सरकारलाई दवाव दिन नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएको थियो । पार्टीले संविधान संशोधन नगरी सरकारमा नजाने अडान पनि राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक