संंसद बैठक : संयुक्त बैठक नियमावली बहुमतले पारित

 संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली बहुमतले पारित गरेको छ । शुक्रबार बसेको संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावलि बहुमतले पारित गरेको हो । 

नियमावली मस्यौंदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । साथै समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था सहितको नियमावलीलाई बहुमतले पारित गरेको छ ।

नियमावली मस्यौदामा सांसदहरु विमला विक, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका थिए । मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद विकले संशोधन प्रस्ताव फिर्ता लिए ।

सांसद दुर्गा पौडेलको संशोधन प्रस्ताव सर्वसम्मतिले  र प्रेम सुवालको संशोधन प्रस्ताव वहुमतले अस्वीकृत भएको थियो ।  यसअघि मस्यौदाको दफाबार छलफलमा सहभागी हुदै सांसद पुष्पा भुसालले सबै समितिहरुमा समावेशी समानुपातिक प्रतिनिधित्व रहनेछ भन्ने व्यवस्था राख्न सुझाव दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक