March 31, 2020

वेलिज क्यासिनोको ५०० श्रमिकहरुले बन्द अवधिमा पनि कामगरे सरह पुरै तलव भत्ता पाए

Ballys photoचैत १८, काठ्माडौ । हाल विश्वभर महामारीकोरुपमा तिव्र गतिले फैलदै आईरहेको प्राणघातक सरुवा रोग कोरोना भाइरस(COVID-19) को सम्भावित संक्रमणबाट बच्न र जोखिम कमगर्ने उद्देश्यले नेपाल सरकारले मिति २०७६ चैत्र ५ गते देखि सिनेमाहल, ल्कव, जिम, सपिङमहल साथै मनोरन्जन स्थलहरु बन्दगराउने निर्णय गरेसँगै सिंगो देशलाईनै लकडाउन गर्दै आईरहेको अवस्थामा सवैभन्दा पहिला त्यसको समर्थन र सहयोग गर्दै काठमाडौको लैनचउर स्थित Bally’s Nepal Pvt. Ltd. अन्तरगत संचालित क्यासिनोको व्यवस्थापनले पनि आफ्नो कर्मचारी लगायत क्यासिनोमा आउनुहुने पाहुँनाहरुको स्वास्थ्यलाई ख्यालगर्दै सोहीदिन देखी अर्को सूचना टाँस नभएसम्मको लागि क्यासिनो बन्द गर्दै आएको छ । पिपुल्स नेपाल डटकमलाई  एच.आर प्रवन्धक मिलन राई ले बताउनु भएअनुसार कम्पनी बन्द भएता पनि मानवियताको हिसावले सम्पुर्ण श्रमिकहरु लाई मार्च महिनाको कामगरे सरहनै पुरै तलव+भत्ता (Gross salary) दिने निर्णय गरी यहि मिति २०२० मार्च ३० तारिखको दिननै बैकमा रहेको कर्मचारीहरुको आ आफ्नो खातामा हालिदिएकोे जानकारी दिनु भयो साथै अव आँउने अप्रिल महिनाको पनि सम्पुर्ण कामदार कर्मचारीहरुलाई हाल खाईपाई आएको पुरै तलव (१००% आधारभुत तलव) दिने व्यवस्थापनले निर्णय गरी मिति २०२० मार्च ३० तारिखको दिन नै सूचना टाँसी श्रमिक (कामदार÷कर्मचारी) हरुलाई जानकारी गराईसकेकोे समेत स्पष्ट पार्नुभो । उहाँले पिपुल्स नेपाल डटकमलाई आफ्नो कुरा थप्दै भन्नुभो “वेल्लिज क्यासिनो व्यवस्थापनको मुख्य विशेषता भनेको नै आफ्ना कर्मचारीहरुको घरमा पनि चुलो बल्नु पर्दछ, कम्पनीप्रति कर्मचारी खुशीभए स्वत स्फुर्तभई मन लगाएर काम गर्दा व्यवसायमा कुनै आँच नआउने, र हामी सम्पुर्ण जुनियर कर्मचारी देखि व्यवस्थापनको टिमवर्कले नै नेपालको नम्वर एक क्यासिनो हुन सफल भएको हो भन्ने विश्वास गर्दछौ र गरिरहन्छौ ।”

Milan Photo 2एच.आर प्रवन्धक राईबाट प्राप्त जानकारी अनुसार वेलिज क्यासिनो नेपालको सवैभन्दा कान्छो अथवा पछी संचालन भएतापनि हाल नेपालमा नम्वर एक क्यासिनो बन्नपुगेको छ ।  उहाँका अनुसार कोरोना भाईरस फैलिरहेको समाचार आएदेखीनै क्यासिनोमा आउनुहुने पाहुँना र कर्मचारीहरु प्रवेशगर्ने प्रवेसद्वारहरुमा मेडिकल हेल्प डेस्क र डाक्टर राखि चेक जाँच गराउने, प्रत्येक टेवलहरुमा सेनिटाईजर राख्ने, गेष्ट र सम्पुर्ण कर्मचारीहरुलाई प्रत्येकदिन माक्सहरु वितरणगरी सम्भावित संक्रमणबाट बच्न र बचाउनको लागि क्यासिनो व्यवस्थापनले सजगता अपनाउने जस्ता कार्य गर्दै आएका थिए । क्यासिनोमा कार्यरत एक कर्मचारीले पिपुल्स नेपाललाई बताए अनुसार क्यासिनो बन्द भयो भने के गर्ने, काठ्माडौ जस्तो ठाँउमा भाडा कसरी तिर्ने, के खाने, परिवार कसरी पाल्ने भनि चिन्तिा लागिरहेको थियो तर क्यासिनो व्यवस्थापनले कम्पनी बन्द भए पनि मार्च महिनाको कामगरेसरह पुरै तलव भत्ता बैकमा हालिदिएको सूचना टाँसेपछि खुशीले गदगद भएँ, अझ आँउदो अप्रिल महिनाको पनि पुरै तलव दिने कुरा थाहा पाएपछि त झनै याहाँ कार्यरत सम्पुर्ण कामदार कर्मचारीहरु खुशी भएकाछन् भने । उक्त कर्मचारीले आफ्ना कुरा थप्दै भने “यस्तो संकटको वेलामा क्यासिनोको व्यवस्थापनले कामगरेसरह मार्च महिनाो पुरै तलव भत्ता  दिई आउने अप्रिल महिनको समेत पुरै तलव (१००% आधारभुत तलव) पनि दिने सूचना टाँसगरी कर्मचारीहरुलाई जानकारी गराए पछि त हामी स्टाफहरुको खुशीको सिमै छैन । यो वेलिज क्यासिनो मेरो कर्मगर्ने मन्दीर हो त्यसैले सधै म यहाँ मनदेखीनै सकेको ईमानदार भई सत्कर्म गरिरहनेछु ।” भन्दै पिपुल्स नेपाल डटकमसँग आफु कामगर्ने कम्पनी र व्यवस्थापनको गुनगान गाउन समेत भ्याए । उक्त वेलिज क्यासिनो राजधानिको मुटु लैनचौर, काठमाडौ स्थित द होटल मल्लको परिसरमा मिति २०१८ जनवरी देखी संचालनमा रहेको छ । वेलिज क्यासिनो अन्तर्राष्ट्रिय चेन कम्पनी हो यस क्यासिनोको हेड अफिस श्रीलंकामा रहेको बुझिएको छ । नेपालमा भने वेलिज नेपाल प्रा.लि अन्तरगत श्रीलंकन र नेपालीको संयुक्त लगानीमा संचालनमा आईरहेकोछ । प्राप्त जानकारी अनुसार नेपालमा यस क्यासिनो सवैभन्दा पछील्लो समय संचालनमा आएको भएता पनि त्याहाँ श्रमिक (कामदार÷कर्मचारी) हरुलाई आकर्षक सेवा, सुविधाहरु र तलव भत्ता रहेको छ । नेपाल सरकारले संगठित क्षेत्रका सम्पूर्ण व्यवसायीहरुलाई बन्द अवधिको तलब मजदुर कर्मचारीहरुलाई दिन मन्त्रिपरिषद् ्बाटै निर्णय गरी आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका