विमान दुर्घटनामा परी ज्यान गएका परिवारलाई उचित क्षतिपूर्ति दिन सांसदको माग

सांसदहरूले बुधबार विहान विमान दुर्घटनामा परी ज्यान गएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र देशका विभिन्न भागमा असिना पानीले पुर्‍याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

parliament_of_neapal_QBYkg0tosX

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दिलेन्द्रप्रसाद बडुले बुधबार बिहान मकालु एयरको विमान दुर्घटनामा परी ज्यान गएका चालक दलका सदस्यका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सांसद भरतबहादुर सिंहले  मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुवै सदस्यको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले अब विमान दुर्घटना हुन नदिन सरकारलाई सचेत रहन आग्रह गरे।

उनले पटक पटक विमान दुर्घटना हुनुको कारणको खोजी गरी तत्काल समस्या समाधान गर्न पनि सरकारसँग माग गरे।

यसका साथै, सांसदहरू दिलेन्द्रप्रसाद बडु र भरतबहादुर सिंहले कैलाली, बझाङ र कञ्चनपुरमा असिना पानीले पुर्‍याएको धनजनप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। सांसद सिंहले असिना पानीले बझाङको विभिन्न गाउँमा बालीनाली नष्ट भएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले असिना पानीबाट गएको पहिरोमा ज्यान गुमाएकाका परिवारलाई पनि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक