विधान परिमार्जन र नेविसंघबारे निर्णय लिन नेपाली कांग्रेसकाे बैठक बस्दै

 5c491cdcdc2b1190124074808

माघ १०, काठमाडौं। नेपाली कांग्रेसले महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई परिमार्जन गरेर अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ ।

बैठकले विधान अनुमोदनसँगै २ माघमा म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिको म्याद चौथोपटक थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेमा समेत निर्णय लिइने बताइएको छ ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले पारित गरेको विधानलाई प्राप्त सुझावका आधारमा केही परिमार्जन गरेर केन्द्रीय समितिमा लगिने र त्यसपछि केन्द्रीय समितिले अनुमोदन गर्ने जानकारी दिए ।उनले नेविसंघका बारेमा भने म्याद थप गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच छलफल जारी रहेको तर निष्कर्षमा नपुगिएको जानकारी दिए । केन्द्रीय समितिमा पेस गरिने एजेन्डाका बारेमा सहमतिका लागि भन्दै सभापति देउवा निवास बूढानीलकण्ठमा बुधबार साँझ शीर्ष नेता, पदाधिकारीसहित पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

कांग्रेसको ८ पुसमा सम्पन्न महासमिति बैठकले संविधानले तय गरेको मुलुकको संरचनाअनुसारको पार्टीको विधान पारित गरेको थियो । महासमितिबाट पारित पार्टीको विधानलाई केन्द्रीय समिति बैठकबाट अन्तिम रूप दिने कांग्रेसको तयारी छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमितिले पारित गरेको पार्टीको संघीय संरचनाअनुसारको विधान, नेविसंघको सकिएको म्यादसहित समसामयिक राजनीतिक अवस्थाका विषयमा समेत बैठकमा छलफल हुने जानकारी दिए ।
‘बैठकले महासमितिले पारित गरेको विधानलाई कतिपय मिलाउनुपर्ने सन्दर्भलाई मिलाएर अन्तिम रूप दिन्छ, यस्तै नेविसंको म्यादबारे समेत निर्णय गर्छ,’ प्रवक्ता शर्माले भने ।

उनले महासमिति बैठकले नै केन्द्रीय समितिलाई विधानमाथि परिमार्जनको अधिकार दिएकाले केन्द्रीय समितिले केही विषयलाई मिलाउनका लागि परिमार्जन गर्ने बताएका हुन् । प्रवक्ता शर्माका अनुसार संसद्मा जारी रहेको अवरोधका विषयमा समेत बैठकमा छलफल हुनेछ ।हाल कांग्रेसमा नेविसंघको नयाँ तदर्थ समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सम्बन्धमा नेताहरू छलफलमा नै छन् ।

नेविसंघको वर्तमान कार्यसमिति २ भदौ २०७३ मा भएको ११औं महाधिवेशन चयन भएको थियो भने गत २ भदौमा म्याद सकिएर पहिलोपटक गत २ मंसिर र दोस्रोपटक २ माघसम्मका लागि म्याद थप गरिएको थियो ।यस्तै तेस्रोपटक भने केन्द्रीय समिति बैठकसम्मका लागि भन्दै १० माघसम्मका लागि समय थप गरिएको थियो । दुईवर्षे कार्यकाल रहेको वर्तमान कार्यसमितिको म्याद थपेर माऊ पार्टी कांग्रेसले विघटन हुनबाट जोगाउँदै आएको छ ।

हालको कार्यसमितिमा रहेका केही नेताहरू वर्तमान निर्वाचित कार्यसमितिले नै १२औं महाधिवेशन गर्न पाउनुपर्ने र केही विघटन गरेर तदर्थ समिति बनाइनुपर्ने भन्दै विभाजित हुँदै आएका छन् । केही दिनअघि मात्रै वर्तमान कार्यसमिति भंग गर्नुपर्ने माग गर्दै कुल १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने