December 22, 2018

विकासको संकल्प गर्दा सरकारलाई अलोकप्रिय बनाउने काम भयोः प्रधानमन्त्री ओली

oli-2-248x140

पुस ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई अघि बढाउने संकल्प गर्दा सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको बताएका छन् । आज राजधानीमा १५ औं ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न नसक्ने दावि गरे ।

‘देश विकासको अठोट लिएर अगाडी बढ्दा सरकारलाई अलोकप्रिय बनाउने काम भइरहे पनि हामी उद्देश्यमा प्रतिबद्ध भएकोले कसैले केही विगार्न सक्दैन ।’ उनले भने ।

नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै रहेको जिकिर समेत गरे । ज्यापु संस्कृति विकास कोषद्वारा बसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकारले कला, संस्कृति, गौरवलाई खेर जान नदिने भन्दै सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्ने बताए ।

ओलीले गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै भने–‘इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ । त्यसका लागि सरकार प्रतिबद्ध छ ।’

उनले पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै धरहरा दुई वर्षभित्र बन्ने बताए । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको उनको तर्क थियो ।

काठमाडा विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै ओलीले बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै भएको दावि गरे । ‘विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।’ उनले भने ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिए ।

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न क्षेत्रमा ब्यक्तिहरुलार्ई सम्मान गरेका थिए ।
यसअघि १५ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु समाजसँग सम्बन्धित सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ

गणेशस्थानबाट शुरु भएको ¥याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हुँदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा