लिफ्ट भित्रै फस्नु भयो भने के गर्ने ? (भिडियो सहित)

एक तलाबाट अर्को तलासम्म सुलभ र छिटो पुग्नकालागि लिफ्ट प्रयोग गरिन्छ । प्रविधिको युगमा लिफ्टलाई सरल र उपयोगीको रुपमा लिईन्छ तर कहिले काही लिफ्ट भित्रै थुनिन या फस्न सकिन्छ जुन अत्याधिक डरलाग्दो अबस्था हुन सक्छ । यसर्थ लिफ्ट भित्र फसिएको अबस्थामा कसरी जिवित रहने यो जान्न अत्यन्तै महत्वपूर्ण हुन्छ । लिफ्टमा थुनिएको अबस्थामा के गर्ने के नगर्ने भन्ने बारे यहाँ चर्चा गरिएको छ, जान्नुहोस्

elevator-stuck.jpg.653x0_q80_crop-smart१. शान्त रहनु पर्छ आत्तिनु या डराऊनु हुँदैन
लिफ्ट भित्र थुनिएको अबस्थामा यदि अत्तालियौ भने हाम्रो सोच्ने क्षमतामा ह्रास आउँछ र के गर्ने के नगर्ने भन्ने निर्णय लिन सकिदैन । शान्त रहनुहोस् र याद गर्नुहोस् कि यो कुनै फिल्म नभएर वास्तविकता हो । खासगरि आधुनिक लिफ्टमा दुर्घटना आँउदैन र केबलहरु स्न्याप हुन सक्दैनन ।

२. यदि यो अँध्यारो छ भने, हल्का स्रोत फेला पार्नुहोस्
अहिलेको आधुनिक जमानामा सबैसँग मोवाईल फोन हुन्छ यसर्थ उज्यालोको लागि मोवाईलको लाईट पनि प्रयोग गर्न सकिन्छ ।

३. लिफ्टको माथि पट्टिको छतबाट भुलेर पनि भाग्ने वा निस्कने प्रयास नगर्नुहोस्
आधुनिक लिफ्टमा छतबाट निस्कने प्वालहरु हुँदैनन, यद्यपी लिफ्टको माथि पट्टिको छतबाट भाग्ने वा निस्कने प्रयास सोचेभन्दा बढी खतरा हुन्छ ।

४. कुनै पनि नकारात्मक विचारहरू बन्द गर्नुहोस् र सकारात्मक सोच्नुहोस् 
चारैतिरको भित्तामा आफू बन्द भएको र श्वास फेर्न गाह्रो हुन्छ र अब बाच्दिन भन्ने सोच्दै नसोच्नुहोस्, सबै भित्ताहरु बन्द हुँदैनन श्वासप्रश्वासको लागि ब्यबस्थित बनाईको हुन्छ । लिफ्टमा क्यामेराहरु पनि जडान हुने भएकोले त्यस्ता कुनै हर्कत नगर्नुहोस् जुन रेकर्ड देखेर अरुले हास्ने बाटो पाऊन ।

५. प्रत्येक तलाका बटनहरु एक-एक गरेर थिच्नुहोस्
प्रत्येक तलाका बटनहरु एक-एक गरेर थिच्नुहोस् र प्रत्येक पटक “ढोका खोल्ने” बटन थिच्नुहोस् । यसो गर्दा कुनै बटनले काम नगरे या लिफ्ट भाँचिए – आफू लिफ्ट भित्र फसेको कोहीकसैलाई जानकारी गराऊनुहोस्

६. लिफ्टको ढोका बीचको ग्याप हेर्नुहोस् 
यदि दुई ढोकाको वीचबाट उज्यालो / प्रकाश देख्नु भो भने सम्झनुहोस् तपाई कुनै तलाको नजिक फस्नु भएको छ र सहयोग र उद्दारको लागि कराउनुहोस । तर याद राख्नुहोस् आफै ढोका खोल्ने प्रयास नगर्नुहोस्, यदि खोल्ने प्रयास गरियो र आफसेआफ लिफ्ट शुरु भयो भने त्यसको नतिजा भयानक हुनेछ ।

यदि दुई ढोकाको बीचबाट उज्यालो देख्न सक्नु भएन भने सम्झनुहोस् तपाई कुनै दुई तलाको बीचमा फस्नु भएको छ । तब तपाईको आवाज प्राय कसैले सुन्दैन त्यसैले लिफ्ट बटनमा हेर्नुहोस् त्यहाँ टेलिफोन वा अलाराम बटन छ छैन, यदि छ भने त्यसलाई बारबार बजाई रहनुहोस् जबसम्म अरुले थाहापाऊदैनन । बाहिरबाट कुनै संकेत आए बजाऊन छाडिदिनुहोस्

लिफ्टको बटन प्यानल वा आपातकालीन फोन जुन लिफ्टमा बनाइन्छ, सामान्यतया बटन प्यानल अन्तर्गत ढोका पछाडि राखिएको वा आन्तरिक वा अलार्म बटन प्रयोग गरी मद्दतको लागि कल गर्नुहोस्।

यदि कसैले सुने जस्तो लागेन भने आश नमार्नुहोस् लगातार बटन थिचिरहनुहोस्

७. समयको जाँच गर्नुहोस् 
फसेको आधाघण्टा भन्दा बढी भैसक्दा पनि कोहि आएको संकेत नभए जुत्ता चप्पल खोल्नुहोस् र लिफ्टो भित्तामा ठोक्नुहोस् । यदि बिल्डिङमा कोही छैनन सबै गईसकेका छन भने तपाई आफैले स्वीकार गर्नुहोस्की पुरै रात तपाईले लिफ्ट भित्रै बिताऊनुपर्ने छ । अब बल खेरा नफाल्नुहोस् थाकेको शरिरलाई आराम दिन लिफ्टमै सुत्ने योजना बनाऊनुहोस्, भोलीपल्ट भएपछि बिल्डिङमा मानिसहरु उपस्थित हुनेछन त तपाईको उद्दार गर्नेछन ।

८. आफ्नो फोन चेक गर्नुहोस्
बिल्डिङ बन्द हुनु पुर्व तपाईको आफ्नो मोवाईलमा सिग्नल वा ईन्टरनेट छ छैन चेक गर्नुहोस् । यदि छ भने सहयोगका लागि फोन गर्नुहोस्, आफ्नो अबस्थाबारे जानकारी दिनुहोस्, भवनको ठेगाना वा लोकेशनको जानकारी गराऊनुहोस् र उद्दारको लागि अनुरोध गर्नुहोस्

ईन्टरनेट चलेको छ भने फेसबुक, ट्वीटर, बाट्सएप, ईमो, भाईवर ईत्यादि कुनै पनि संजालबाट कोही कसैलाई खबर गर्नुहोस् र उद्दारको लागि अनुरोध गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा