March 12, 2018

राष्ट्रलाई क्षति पुर्याउने पत्रकारदेखि नेतासम्मलाई ठीक पार्ने : मात्रृका यादव

matrika-750

फाल्गुन २८ काठमांडाै ।     उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले आफु कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्ने बताएका छन् । देशबाट भ्रष्टाचारको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न अाफु तयार रहेकाे बताए । राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट नहुने भन्दै मन्त्री यादवले पहिलाको जस्तो भ्रष्टाचारीले सजिलै उम्कन नपाउने बताए । यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने बरू उनले िवगतमा गरेकाे गलत काम कारबाहीहरू छानवीन गरी गलत ठहरे कडाभन्दा कडा कारबाही समेत हुने बताए । राम्रै मान्छे भए पनि बदनाम भइसकेपछि अब खड्का योग्य हुन नसक्ने उनले बताए । ‘राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन,’  ‘पहिलाको जस्तो समय अहिलेको होइन ।’ कमिसनतन्त्र र भ्रष्टाचारको समर्थन गर्ने पत्रकारदेखि नेतासम्मलाई नछोड्रने बताए ।  भ्रष्टाचार गर्ने भन्दा भ्रष्टाचारको समर्थन गर्ने गर्नेहरुले मुलुक बिगारेको भन्दै देश बिगार्ने छुट कसैलाई नभएको बताए ।

मन्त्री यादवले अहिलेको सरकारले देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक