रणबीर कपुरले रणवीर सिंहलाई दिए यस्तो च्यालेन्ज…

बलिउड अभिनेता रणबीर कपुरले अर्का अभिनेता रणवीर सिंहलाई एउटा यस्तो जटिल कामको चुनौती दिएका छन् जसलाई गर्न अक्षय कुमारजस्ता मार्सल आर्टस कलाकार पनि असफल भैसकेका छन् । त्यो हो सियो धागो च्यालेन्ज । जसलाई रणबीरले भने पास गरेका छन् ।

bollyhood-6

२८ सेप्टेम्बरमा बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागा रिलिज हुँदैछ । यस फिल्मको प्रोमोशनका लागि अहिले सामाजिक सञ्जालमा सियो धागो च्यालेन्ज चलाइएको छ जसमा सेलिब्रेटिहरु एक अर्कालाई सियोमा धागो छिराउने च्यालेन्ज दिँदैछन् ।

वरुणको आग्रहमा अक्षय कुमारले यस च्यालेन्जलाई शुरु गरेका थिए र उनले आफ्नो एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनी सियोभित्र धागो छिराउने प्रयास त गर्छन् तर असफल रहन्छन् ।

हालै बरुणले करण जोहर र रणबीर कपुरको एउटा भिडियो पोस्ट गरेका छन् जसमा ती दुई सियो भित्र धागो छिराउने प्रयास गरिरहेका देखिएका छन् । यो रमाइलो च्यालेन्जमा करण असफल रहन्छन् तर रणबीर भने सफल हुन्छन् । यसै क्रममा भिडियो मार्फत यस कामका लागि करण अभिनेत्री दिपिका पादुकोणलाई च्यालेन्ज गर्छन् भने रणबीर दिपिकाका प्रेमी अभिनेता रणवीरलाई च्यालेन्ज गर्छन् ।

रोचक कुरा चुनौतीका लागि सधै तयार रहने रणवीर यस च्यालेन्जमा पनि संलग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं