यस्तो स्कुल जहाँ शिक्षकले विद्यार्थीको खुट्टा ढोग्छन्

 खुटुटा ढोगेपछि ठूलाले सानालाई आशिर्वाद दिने गर्दछन् । सानाले ठूलाको सम्मान र आदर गर्नु र ठूलाले सानालाई मायाँ गर्नुपर्छ भन्ने कुरा घरपरिवारदेखि विद्यालयस्तर सम्म सिकाइन्छ ।

तर एउटा स्कुलमा यो भन्दा ठ्याक्कै उल्टो व्यवहार गरिन्छ । मुम्बईमा रहेको एक स्कुलमा विद्यार्थीले शिक्षकको होइन कि शिक्षकले नै बिहानै विद्यार्थीको खुट्टा छोएर उनीहरुलाई सम्मान गर्ने गर्दछन् । रुशीकुल गुरुकुल विद्यालय नाम रहेको यस स्कुलले मान्छेमा नै भगवान बस्छन् भन्ने मान्यताका आधारमा यो परम्परा चलाएको हो ।

बच्चालाई भगवानका अवतारका रुपमा मानिने भएकाले उनीहरुको खुट्टा छोएर ढोग्नु भगवानलाई ढोग्न् समान मानिन्छ । यसबाट शिक्षकहरुले सहजै भगवानको दर्शन पाउन सक्छन् भन्ने मान्यता रहेको छ । विद्यार्थीहरुको शिक्षकहरुप्रति आदर सम्मान बढ्ने भएकाले यस्तो प्रथा अबलम्बन गरिएको हो ।

जसबाट उनीहरुमा ठूलाप्रतिको आदरभाव बढ्ने र उनीहरुले सबैलाई सम्मान गर्ने भएकाले यस्तो परम्परा चलाइएको हो । यो महाराष्ट् स्टेट सेकेन्डरी बोर्डबाट मान्यता प्राप्त विद्यालय हो । यो कुनै ठुलो स्कुल पनि होइन । यो सानो र भाडामा लिइएको बिल्डिड।मा सञ्चालन गरिएको छ । जहाँ पढाउनका लागि नयाँ नयाँ तरिका अपनाउने गरिन्छ ।

यो एउटा सामान्य र सानो आर्थिक हैसियत भएकाले समेत पढ्न सक्ने स्कुलका रुपमा रहेको छ तर त्यहाँ विद्यार्थीलाई दिइने संस्कारले उनीहरुलाई खास बनाउने गर्दछ । यस्तो संस्कार कुनै पनि स्कुलमा दिइदैन । त्यसैले यसले एउटा छुट्टै स्कुलका रुपमा मान्यता प्राप्त गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी