भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ । गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको